एनटीसीमा एचडी भ्वाइससहितको नयाँ सेवा, पाउनु होस १०० मिनेट निःशुल्क

नेपाल टेलिकमले आजबाट फोरजीमा (4G) आधारित भ्वाइस ओभर एलटिई (VoLTE) सेवाको परीक्षण सुरु गरेको छ ।

यो सेवाबाट फोरजी मोबाइलमा हाई डेफिनेसन (HD) भ्वाइससहित ग्राहकहरुले सेवामा गुणस्तर थपिएको महसुस गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ । टेलिकमको यो सेवा प्राप्त गर्न तपाईंको मोबाइल भिओ एलटीई (VoLTE) सपोर्ट गर्ने खालको हुनुपर्छ ।

विशेषताहरु:

  1. HDvoice र LTE डाटा को एक साथ प्रयोग
  2. अर्को VoLTE- सक्षम मोबाइल कल गर्दा HD sound quality
  3. द्रुत कल सेटअप

कसरी एक्टिभ गर्ने ?

  1. VoLTE सेवाहरूको मजा लिन, तपाईंसँग VoLTE सक्षम ह्यान्डसेट हुनु आवश्यक छ
  2. निश्चित गर्नुहोस् कि तपाईं NT 4G सिम प्रयोग गर्दै हुनुहुन्छ
  3. प्रमाणित गर्नुहोस् कि VoLTE भ्वाइस कलिंग सुविधा तपाईंको स्मार्टफोनमा सक्षम पारिएको छ

एन्ड्रोइड को लागी: Settings -> Mobile Networks -> Turn on VoLTE call.

यो प्रक्रिया पूरा गरेपछि तपाईंको मोबाइल सेटमा भिओ एलटिई एक्टिभ रहेको संकेत देखापर्छ । त्यसपछि *१११# डायल भयो भने भ्वाइस ओभर (भिओ) एलटिई सेवा उपयोग गर्न सकिन्छ । यो एकपटक एक्टिभ भएपछि २८ दिनसम्म जम्मा १०० मिनेट निःशुल्क सेवा प्राप्त गर्न सकिन्छ ।

कुन–कुन मोबाइल सेटमा सपोर्ट गर्छ ?

  1. Samsung
    • Galaxy M01s, Galaxy M02, Galaxy M02s, Galaxy M11, Galaxy M12, Galaxy M21, Galaxy M30s, Galaxy M31, Galaxy A12, Galaxy A51, Galaxy A52, Galaxy A70, Galaxy A70s, Galaxy A71, Galaxy A72, Galaxy Note 10 Lite, Galaxy S10, Galaxy S10+, Galaxy S10e, Galaxy S20, Galaxy S20+, Galaxy S20 ultra, Galaxy S20 FE, Galaxy S21, Galaxy S21+, Galaxy S21 Ultra, Galaxy Note 10, Galaxy Note 10+, Galaxy Note 20, Note 20 Ultra, Galaxy Z Fold2.
  2. Xiaomi
    • Redmi 9 Prime, Mi10, Redmi 9C, Redmi Note 9 Pro, Redmi 8A
  3. Nokia
    • Nokia 5.3, Nokia 7.2, Nokia 3.4
Share on facebook
Share on twitter
Share on linkedin

Leave A Comment

Related Posts

Featured Posts
Author

Anish Lamsal

Frontend Developer

Computer Engineer pursuing his passion in blogging.